+
+

विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:४२

९ असार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।

सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा उनले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन आग्रह गरे ।

सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए । आत्म निभएर हुनका लागि यही कोषबाट हेटौंडाको कपडा उद्योग चलाउने योजना बनेको उनले बताए ।

जुन देशबाट कपडा आइरहेको त त्यो देशबाट र कपडा ल्याइरहेका ब्यापारीले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको बताए ।

‘जुन देशबाट कपडा भित्र्याउँछौं, त्यो देशबाट विरोध गर्दैमा त्यो (सेनाले हेटौंडा उद्योग चलाउने योजना) रोक्न जरुरी थिएन,’ मन्त्री उप्रेतीले भने ।

हेटौंडा कपडा उद्योग सेनाले चलाउने योजना आत्मनिभएर हुनका लागि भएको उनको दाबी छ । ‘हामी आत्मनिर्भर हुँदा विदेशीको सामान त किनु पर्दैन । आत्मनिर्भर नहुँदा विदेशीको सामान किन्नुपर्छ । त्यही सामान हाम्रो विकिराखोस्, हाम्रो ब्यापारीले काम पाइराखुन भनेर स्याल हुइयाँ चलाइयो अब नेपाली सेना पाकिस्तानी मोडेलमा जाँदैछ भनेर।’ रक्षामन्त्रीले भने ।

हेटौंडा उद्योग चलाउने योजना रोकिएको भन्दै उनले प्रश्न गर्नेहरुलाई नै प्रतिप्रश्न गरे, ‘के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगहरुलाई सञ्चालन गर्नु पाकिस्तानी मोडल हो ? त्यो भनेको भरमा हेटौंडा कपडा उद्योग चलाउने कुरा रोकिएको जस्तो मलाइ लागेको छ । त्यो विदेशीहरुले उनीहरुको सामान बेच्नको निम्ति उनीहरुको ब्यापारीहरुले …’

रक्षामन्त्री उप्रेती बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर विरोध गरे । सांसद खतिवडाले मन्त्री उप्रेतीलाई विषय केन्द्रित भएर बोल्न आग्रह गरे ।

त्यसपछि रक्षमन्त्री उप्रेती लिखित जवाफ पढ्न थाले । नेपाली सेनाले आफ्नै कोषको उपयोग गरेको कामलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन पुनः आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?