+
+

स्याङ्जामा बसको ठक्करले घाइते वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:५९

९ असार, काठमाडौं । स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ ।

आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका-८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले  विरुवा गाउँपालिका-६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापालाई ठक्कर दिएको थियो ।

सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?