+
+

संसदमा भन्दा डरलाग्दो राजनीति खेल संघहरुमा हुँदो रहेछ : खेलकुदमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १५:१८

९ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदमा रहेका समस्या समाधानमा आफू केन्द्रित रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

केही सांसदले खेलकुद परिषदमा पञ्चायती व्यवस्था जस्तो देखिएको भन्ने प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘…हामीले पनि अहिले भोगिरहेका छौं ।’

मन्त्री भएपछि आफूले केही तीता अनुभव गरेको उनले सुनाए ।

‘दुई तीन वटा मेरो अनुभवहरु अलि तितो पनि छ । खेलाडीको हकहितलाई भन्दा पनि त्यहाँ संघहरुबीचको राजनीति चाहिँ एकदमै डरलाग्दो पनि थियो । यो संसदमा भन्दा डरलाग्दो राजनीति त्यहाँ हुँदो रैछ’ उनले भने ।

पुराना विवादहरु समाधान गरेर बस्नुपरेको उनको दुःखेसो छ । अगाडि भन्छन्, ‘२०४७ साल देखिका विवादहरु समाधान गरेर बस्नु पर्‍या छ । तर, तपाईंहरुजस्तो विद्वान र अनुभव भएको माननीयज्यूहरुले सुझाव दिनुभयो भने आशा गरौं अरु हामीले यसलाई छिट्टै नै समाधान गर्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?