+
+

सिंहदरबारभित्रै असारे विकासको चटारो (तस्वीरहरू)

चन्द्रबहादुर आले रवीन्द्र घिमिरे चन्द्रबहादुर आले, रवीन्द्र घिमिरे
२०८१ असार ९ गते १५:३०

९ असार, काठमाडौं । वर्षायाम लागेपछि हतार–हतार विकासका काम गर्ने सरकारी प्रवृत्ति नौलो हैन । यो प्रवृत्ति हटाउन भन्दै संघीय सरकारको सचिवालयका रुपमा रहेको सिंहदरबारमा कयौं बैठक बस्छन्, योजनाहरू पनि बन्छन् । तर, असार लागेपछि सिंहदरबारभित्र नै असारे विकासले गति लिन्छ । यो वर्ष पनि त्यही दृश्य सिंहदरबारभित्र दोहारिएको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसहित विभिन्न मन्त्रालयहरुले वर्षभरि नगरेका काम असार लागेपछि नै सिंहदरबारभित्र सुरु गरेका छन् ।

आर्थिक वर्षको अन्त्यमा एउटै योजनालाई टुक्रा-टुक्रा पारेर मन्त्री र कर्मचारीका चिनजानका फर्महरुसँग ‘कोटेसन’ मागेर यस्ता विकासे काम दिने गरिएको छ ।

अहिले सिंहदरबाभित्र असार लागेपछि कतै शौचालयहरुको मर्मत भइरहेका छन् भने भने कतै क्यान्टिन भवनहरु ‘रिनोभेट’ भइरहेका छन् । कतै फुटपाथमा पुराना टायल निकालेर नयाँ छाप्ने काम चलिरहेको छ भने कतै बगैंचा मर्मतको काम चलिरहेको छ ।
असारभित्र नै सबै काम सक्नुपर्ने भएकाले यस्ता काम पाएका ठेकेदारलाई छिटो काम सक्न दबाब छ । प्रधानमन्त्री कार्यालयमै पनि वर्षा लागेपछि मर्मतका विभिन्न कामहरु सुरु भएका छन् । सिंहदरबार अघिको वाटर फाउन्टेन र आसपासको संरचना पनि वर्षा लागेपछि नै धमाधम निर्माण हुँदैछ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख जगदीश लामिछाने विगतदेखि नै भइरहेका काम सक्न केही ढिलाइ भएकोले असारसम्म समय लागेको बताउँछन् । कतिपय काम बजेटको अभावले टेन्डर गर्न ढिलाइ हुने र कतिपय कार्यक्रम संशोधन गर्न समय लाग्ने लगायतका कारण काम हुँदासम्म असारसम्म पुग्ने गरेको उनले बताए ।

‘एउटा मात्रै कारणले यस्तो हुँदैन,’ उनले भने,’सकेसम्म वर्षायाम लाग्नुअघि नै काम सक्न प्रयास भएको हुन्छ, विभिन्न बाध्यात्मक अवस्थाले समस्या पर्छ ।’

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?