+
+

सेयर बजार घट्दा पनि फाइनान्सले मार्‍यो छलाङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १५:२९

९ असार, काठमाडौं । आइतबार समग्र सेयर बजारको परिसूचक नेप्से ५.३७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६२ अंकमा कायम भएको छ । कुल ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा पनि फाइनान्सले भने ५.४९ प्रतिशत (१२८ अंक)को छलाङ मारेको छ । फाइनान्स समूहको सूचक गत बिहीबार नै १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको हो ।

त्यस्तै अन्य समूह ४ र ब्यापार समूह १९ अंक बढे । अरु सबै समूहका सूचक घटे । बैंकिङ ४, विकास बैंक ४, होटल तथा पर्यटन ५८, हाइड्रोपावर १, जीवन बीमा ५४, उत्पादन २९, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा १३ अंक घटे ।

रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङखोला जलविद्युत् तथा नेपाल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोको ८.१, मन्दाकिनी हाइड्रोपावरको ८ तथा पोखरा फाइनान्सको मूल्य ६.९ प्रतिशत बढ्यो । ग्लोबल आईएमई लघुवित्तको ६.५, उपकार लघुवित्तको ५.१ तथा बाराही हाइड्रोको मूल्य ४.४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी र माण्डु हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?