+
+

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १५:५७

९ असार, काठमाडौं । राष्ट्रिय सभाले अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । यस विषयमा सरकार नबोलिरहेको भन्दै उनीहरूले रुलिङको माग गरेका थिए ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका हुन् ।

‘अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,’ अध्यक्ष दाहालले भने ।

आकस्मिक समय, शून्य समयलगायत समयमा सांसदले उठाएका विषय सम्बन्धित मन्त्रीकहाँँ पठाउने गरेको उनले स्मरण गरे ।

‘हरेक दिन पठाएका छौं । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौं । यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौं,’ उनले भनेका छन् ।

असार ४ गते पञ्चदेवल विनायक नगरपालिकामा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाटै बलात्कृत भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?