+
+

‘एक्टर’को छायांकन सेटमा प्रदीप खड्कालाई भ्यानेटी भ्यान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १६:४४

काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को काठमाडौंमा धमाधम छायांकन भइरहेको छ । फिल्ममा दिव्या रायमाझी र आना शर्मा मुख्य नायिकाको भूमिका छन् । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

पोखरामा १० दिनको छायांकन गरिसकेर काठमाडौंमा सुरु भएको हो । थमन कुमार भण्डारी निर्माता रहेको फिल्मको टिमले अभिनेता प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको छ ।

भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालय लगायत सुविधाका लागि यो भेन प्रयोग गरिन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् । तर नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन ।

फिल्मको टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । भ्यानेटी रुमलाई नेपालमा नै तयार पारिएको हो ।

‘एक्टर’ आगामी कात्तिक १५ गते लक्ष्मीपूजाका दिन रिलिज गर्ने योजना छ । फिल्ममा राजबल्लभ कोइरालाले पनि अभिनय गरेका छन् । नौ वर्षपछि पर्दामा देखिन लागेका उनी काठमाडौं आएर छायांकन सकेर केही दिनअघि अमेरिका फर्किसकेका छन् ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा फिल्मलाई राजन भुसालले निर्देशन गरिरहेका छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?