+

६ संकेत, जसले बताउँछन् शरीरमा अक्सिजन पुगेको छैन

२०८१ असार  ९ गते १८:५८ २०८१ असार ९ गते १८:५८
६ संकेत, जसले बताउँछन् शरीरमा अक्सिजन पुगेको छैन

सामान्यतया औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा बढी हुनुपर्छ । मानिसको अक्सिजन लेबल ७५ प्रतिशत भन्दा मुनि भएमा बिरामी बेहोस हुने, बर्बराउने हुनसक्छ ।

शरीरमा अक्सिजनको लेबल विभिन्न कारणले हुनसक्छ । यसमा दम र छातीमा निमोनियाको कारण पनि एक हो । यसले फोक्सो बिगार्छ, जसकारण अक्सिजनको कमी हुन्छ । त्यस्तै उच्च उचाइमा जाँदा, सगरमाथा चढ्दा, कहिलेकाहीं गुम्म कोठामा आगो बालेर बस्दा पनि शरीरमा अक्सिजनको कमी हुनसक्छ । रगतमा हेमोग्लोबिनको कमी हुँदा पनि अक्सिजनको कमी हुनसक्छ ।

शरीरमा अक्सिजनको मात्रा घट्दै गएको कसरी थाहा पाउने ?

सास फेर्न गाह्रो हुनु

अक्सिजनको कमी भएमा कतिपयलाई सास फेर्न गाह्रो हुन थाल्छ । निस्सासिएको महसुस हुन्छ । शरीरमा रगतको प्रवाह सुस्त हुन्छ, जसले गर्दा बेचैनी र घबराहट बढ्छ । यसले शरीरमा चिटचिट पसिना आउने, चिडचिडा हुने गर्छ । यस्तो अवस्थामा शरीरमा अक्सिजनको कमी भएको थाहा पाउन सकिन्छ ।

छाती दुख्नु

छाती दुख्नु पनि शरीरमा अक्सिजनको कमीको संकेत हो । फोक्सोमा अक्सिजनको मात्रा कम हुँदा छाती दुख्ने समस्या हुन्छ । मस्तिष्कमा अक्सिजनको मात्रा कम र कार्बनडाइअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यही कारण झुम्म हुने, बेहोस हुने हुन्छ ।

मुटुको धड्कन बढ्नु

एक्कासि मुटुको धड्कन बढेको छ भने शरीरमा अक्सिजन कमी भएको हुनसक्छ । किनभने शरीरमा अक्सिजन कमी भएपनि मुटुमा पनि स्वतः अक्सिजन कमी हुने हुन्छ । यसले रक्तसञ्चारमा समस्या हुन्छ । त्यसले राम्रोसँग काम गर्न असमर्थ हुन्छ । यस्तो अवस्थामा मुटुको धड्कन असामान्य रूपमा बढ्छ ।

हातखुट्टा निलो हुनु

विना कारण हातखुट्टा निलो भएको छ भने शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ । किनभने शरीरमा अक्सिजनको मात्रा कम हुनु भनेको कार्बनडाइअक्साइको मात्रा बढ्नु हो । यस्तो अवस्थामा अनुहार, ओठ निलो भएर जान्छ ।

बारम्बार हाइ आउनु

कहिलेकाहीं राम्रोसँग निद्रा लागे पनि वा अल्छी महसुस नभए पनि बारम्बार हाइ आउने गर्छ । यस्तो अवस्थामा हाइ शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ । किनभने मष्तिस्कमा अक्सिजनको कमी हुँदा हाइ आउँछ । हाइले अक्सिजनको आपूर्ति गराएर शरीरमा ऊर्जा बढाउन मद्दत गर्छ ।

निद्रा लाग्नु

रातभरि मज्जाले सुते पनि दिउँसो निद्रा लाग्ने गर्छ भने त्यो पनि शरीरमा अक्सिनजको कमी हुने संकेत हुनसक्छ । किनभने मस्तिष्कमा अक्सिजनको मात्रा कम हुँदा पूरा निद्रा सुते पनि निद्रा लाग्ने वा झुम्म भइराख्ने, कमजोरी महसुस हुने हुन्छ ।

यसबाहेक टाउको दुख्ने, दृष्टिमा समस्या, रिंगटा लाग्ने, हातखुट्टा सुन्निने र बेहोस भएर ढल्ने जस्ता समस्या देखिन्छ । त्यस्तै लामो समय शरीरमा अक्सिजनको मात्रा कमी भएका व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

अक्सिजन डा. दीपेश शाक्य श्वासप्रश्वास
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय