+
+

सरकारको आयुबारे वनमन्त्री : तीन महिने हो कि तीन वर्षे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १७:२४

९ असार, काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारको आयुबारे अनभिज्ञता प्रकट गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारको आयुबारे अनभिज्ञता प्रकट गरेका हुन् ।

मन्त्री सुडीलाई नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले नेपालको काठ सदुपयोग गर्ने र आम्दानी गर्ने विषयमा सरकारको योजना माग गरेका थिए ।

विदेशबाट काठ आयात गर्ने र नेपालको काठ प्रयोग गर्न नपाउने समस्यालाई दीर्घकालीन रूपमा नै सम्बोधन गर्नुपर्ने उनको प्रस्ताव थियो ।

जवाफ दिने क्रममा मन्त्री सुडीले सरकारको आयुलाई स्मरण गरेका हुन् ।

‘माननीय अम्मरबहादुर थापाज्यू अब प्रशस्त काठ पाउनुहुन्छ, काठबाट आम्दानी पनि आउँछ । तर यही छ, तीन महिने सरकार हो कि तीन वर्षे सरकार हो । यसमा पनि विचार गर्नुपर्छ,’ मन्त्री सुडीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?