
९ असार, काठमाडौं । ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–२ घर भएका ५१ वर्षीय जीतबहादुर मगर र रामेछापकै खाँडादेवी गाउँपालिका–१ का २७ वर्षीय चन्द्रबहादुर थापा मगर छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ७ असारमा धुम्बराहीबाट पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगको कसुरमा उनीहरूविरुद्ध राजकुमार मोक्तान तामाङले जाहेरी दिएका थिए । पक्राउ परेका दुवैजनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4