+

सहाना प्रधान यू १९ भलिबलमा कोशीको सुखद सुरुवात

२०८१ असार  ९ गते १८:१४ २०८१ असार ९ गते १८:१४
सहाना प्रधान यू १९ भलिबलमा कोशीको सुखद सुरुवात

९ असार, काठमाडौं । पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै कोशी प्रदेशले सुखद सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ ले पराजित गरेको हो ।

लुम्बिनीले २४–२६, २२–२५, २५–२३, २५–२० र १५–११ ले हरायो । पहिलो र दोस्रो हाफमा प्रतिस्पर्धा बनाउँदै हार बेहोरेको कोशीले तेस्रो, चौथो र पाँचौं सेटमा भने जित हात पारेको हो ।

आज भएको पहिलो खेलमा महिलातर्फ लुम्बिनी प्रदेशले मधेशलाई ३–० ले हराएको थियो । त्यस्तै पुरुषतर्फको पहिलो खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३–१ ले पराजित गरेको हो ।

सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ । महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।

असार १५ सम्म चल्ने प्रतियोगितामा विजेताका दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख, २ लाख र १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय