+

अभिकले जिते एसईई कप चेसको उपाधि

२०८१ असार  ९ गते १८:२८ २०८१ असार ९ गते १८:२८
अभिकले जिते एसईई कप चेसको उपाधि

९ असार, काठमाडौं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् ।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले गोल्डेनगेट एसईई कप २०२४ को उपाधि कब्जा गरेका हुन् । अभिक र पुरुषोत्तवीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए ।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन् ।

गोल्डेनगेट इन्टरनेसनल कलज, बत्तीसपुतलीमा सञ्चालित प्रतियायेगितामा ३ अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गल्र्सतर्फ पहिलो स्थान हात पारिन् । कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए। दुवैले समान २ अंक बटुलेका थिए । टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन् ।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनैपनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छाबवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । त्यस्तै, सहभागि सबै खेलाडीलाई एक तिहाई (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

एसईई परीक्षा दिएका ४१ खेलाडी सहभागि प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्राले ३ हजार रुपिया, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

एसईई कप चेस हिमालयन चेस एकेडेमी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय