+
+

राष्ट्रिय पौडी असार २२ देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १८:२६

९ असार, काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ ।

प्रतियोगितामा खुला र उमेर समूहमा गरी ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको सचिव गोलेले बताए ।

खेलहरू सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा खेलाइने छ । गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?