+
+

पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १९:१४

९ असार, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेशसहित दुई जनालाई ३ दिन थुनामा राख्न अदालतले म्याद लिएको छ ।

पूर्वडीएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो ।

पूर्वडीएसपी शर्माले ६० किलो सुन तस्करीको अवैध भुक्तानी आरोपमा पक्राउ परेका मोबाइल वालेटका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख ठगी गरेका थिए ।

सुनको अवैध कारोबार तथा भुक्तानीमा जोडिएपछि पक्राउ परेका पेवेलका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख लिएर ठगी गरेको खुलेको सीआईबीका प्रवक्ता होबिन्द्र बागेटी बताउँछन् ।

उक्त रकम उनले पेवेलमार्फत नै आफ्ना एजेन्ट खत्रीमार्फत भुक्तानी लिएको पाइएपछि खत्रीलाई पनि पक्राउ गरिएको हो । सीआईबीका प्रहरीहरुका फोटा देखाउँदै सबैसँग राम्रो चिनजान भएको र आफूले भनेपछि काम हुने भन्दै विश्वास दिलाएर ठगी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?