
९ असार, काठमाडौं । लागु औषध बिक्री गर्न हिँडेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–१ घर भएका २९ वर्षीय कृष्ण चलाउने र बर्दियाकै गेरुवा गाउँपालिका–३ घर भएका २७ वर्षीय गौरब चौधरी छन् । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट २.७ ग्राम लागु औषध खैरो हेरोइन र २४ हजार रुपैयाँ बराबद भएको छ । लागु औषध बिक्रि गर्न भनेर हिँडिरहेको अवस्थामा टोखा–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4