+

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन

२०८१ असार  ९ गते १९:४८ २०८१ असार ९ गते १९:४८
हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन

९ असार, काठमाडौं । टाइम आउट नेपाल प्रथम हिसान तार्केश्वर एसईई कप थ्री एक्स थ्री छात्र बास्केटबलमा च्याम्पियन बनेको छ ।

एन्जल्स हार्टमै आइतबार भएको फाइनलमा टाइम आउटले श्री युवा क्लबलाई १९–१५ ले पराजित गरेको हो । दुईदिनमा टाइम आउटको यो दोस्रो उपाधि हो । टाइम आउटले शनिबार लोयल्टी कप एसईई छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

उपाधिसँगै टाइम आउटले १५ हजार तथा श्री युवा क्लबले १० हजार नगद पुरस्कार प्राप्त गरे । हिसान तार्केश्वर कमिटीद्वारा आयोजित दुईदिने प्रतियोगितामा ५० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

हिसान बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय