+
+

मधेशका सभामुखको रुलिङ : मोबाइलमा गेम नखेल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १९:५४

९ असार, जनकपुरधाम । मधेश प्रदेशसभा बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले रुलिङ गरेका छन् ।

मधेश प्रदेशसभामा मोबाइल निषेध छ । तर प्रदेश सांसदहरु मोबाइल चलाउने गरेका हुन्छन् । त्यसैले आइतबार सभामुख मण्डलले मोबाइल नचलाउन, गेम नखेल्न रुलिङ गरेका हुन् ।

आइतबार दिउँसो प्रदेशसभामा स्थानीय सेवा गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेका बेला सभामुख मण्डलले यस्तो रुलिङ गरे ।

‘माननीय सदस्यहरु कि त मोबाइल स्वीच अफ गर्नुपर्‍यो, कि त साइलेन्ट गर्नुपर्‍यो । र मोबाइल चलाएर गेम खेल्ने लगायतको अन्य काम बन्द गर्नुपर्‍यो’, सभामुख मण्डलले भने ।

उनले यो रुलिङ् गर्नुपर्ने विषय नभएपनि रुलिङ गर्नुपर्ने अवस्था आएको बताए । ‘यो रुलिङ नगर्नु पर्ने विषय हो । तर मैले चाहिँ रुलिङ गर्नु परेको छ । त्यस कारण यसलाई सिरियसली बुझिदिने कुरो गर्नुहोला’ सभामुख मण्डलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?