+
+

शैक्षिक गुणस्तर बढाउने कार्यक्रम राखिएका छन् : शिक्षामन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते २०:०७

९ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक गुणस्तर बढाउन कार्यक्रमहरू तय गरेको जनाएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा भएको मन्त्रालयगत छलफलमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयले शैक्षिक गुणस्तर बढाउने किसिमको कार्यक्रमहरुमा बजेट विनियोजन गरेको बताइन् ।

उनले भनिन्, ‘अहिलेसम्म शिक्षामा पहुँच बढाउनका लागि कार्यक्रमहरु गर्दै आएको थियो तर यसपटकदेखि हामी गुणस्तर बढाउन केन्द्रित हुनुपर्छ भनेर काम गरिरहेका छौं ।’

मन्त्रालयलाई उपलब्ध गराइएको सिलिङको प्रयोग कसरी गर्ने र संरचनागत सुधारहरु कहाँ गर्न सकिन्छ र कहाँ लगानी गर्दा उपलब्धिमूलक हुन्छ भन्ने अध्ययन गरेर त्यही अनुसार छुट्याएका मन्त्री श्रेष्ठको भनाइ छ ।

विगतको तुलनामा बजेट नबढ्ने भएपछि मन्त्रालयले कार्यक्रमहरुलाई प्राथमिकता दिएका दिएको मन्त्री श्रेष्ठले जिकिर गरिन् । जनसंख्याको संरचना, शैक्षिक संस्थाहरुको नक्सांकन, मानव संसाधनको आवश्यकता र सार्वजनिक खर्चको प्रभावकारिता हेरेर विभिन्न तहका शैक्षिक संस्था तथा कार्यक्रमहरुको पुनरावलोकन पनि गर्नुपर्ने अवस्था छ ।

उच्च शिक्षालाई श्रम बजारको पुरकको रुपमा अगाडि बढाउनुपर्छ भनेर पनि बजेट नीति निर्माणको लागि प्रस्ताव गरेको जानकारी दिइन् ।मन्त्रालयले बजेट विनियोजन गर्दा विभिन्न ८ सिद्धान्तको आधारमा गरिएको मन्त्री श्रेष्ठले बताइन् ।

मन्त्रालयले अहिलेसम्म भएको लगानीको उचित प्रतिफल प्राप्त भइरहेको छ छैन, त्यसको मूल्यांकन भइरहेको छ वा छैन र छ भने मूल्यांकन गर्ने मापदण्ड के छ भनेर अध्ययनको आधारमा भएको बताइन् ।

भूगोल, जातिको आधारमा सिमान्तकृत रहेका समुदायलाई विशेष ध्यानमा राखेका कार्यक्रमहरु तय भएको मन्त्री श्रेष्ठ दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?