+
+

अमेरिकालाई १० विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते २३:१३

९ असार, अमेरिका – साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर-८ को ग्रुप २ बाट ३ खेलमा ४ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान जस बटलर ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नट आउट रहे । फिलिप साल्ट २१ बलमा २ चौकासहित २५ रनमा नट आउट रहे ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका १८.५ ओभरमा ११५ रनमा अल आउट भयो । नितेश कुमारले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३० रन बनाए । कोरी एन्डरसन २९, हरमीत सिंह २१, आरोन जोन्स १०, एन्ड्रिस गौस ८ र स्टिभ टेलर १२ रन बनाए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस जोर्डनले २.५ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । उनले १९ औं ओभरको तेस्रो बलमा अली खानलाई बोल्ड, चौथो बलमा नोश्तुश केजिंगेलाई एलबीडब्लू र पाँचौं बलमा सौरभ नेत्रवालकरलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेका थिए । आदिल राशिदले ४ ओभरमा १३ रन खर्चेर प्लेयर अफ द म्याच अवार्ड जिते । साम करनले २ र रिस टोप्लीले १ विकेट लिए ।

ग्रुप-२ मा इंग्ल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । वेष्टइण्डिज २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनेट १.९९२, दक्षिण अफ्रिकाको ०.६२५ र वेष्टइण्डिजको १.८१४ छ । दक्षिण अफ्रिका र वेष्टइण्डिजबीच भोली बिहान खेल हुनेछ । उक्त खेलको विजेता सेमिफाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?