+

कोपा अमेरिकामा अमेरिकाको विजयी सुरुआत

२०८१ असार  १० गते ७:०४ २०८१ असार १० गते ७:०४
कोपा अमेरिकामा अमेरिकाको विजयी सुरुआत

१० असार, काठमाडौं । आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह सी अन्तर्गत सोमबार बिहान टेक्ससस्थित एटी एण्ड टी स्टेडियममा भएको खेलमा अमेरिकाले बोलिभयालाई २-० ले हरायो ।

अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले खेलको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । अमेरिकाको लागि पुलिसिकको यो ६९औं खेलमा ३०औं गोल हो ।

पुलिसिककै पासमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारेका थिए ।

एक गोल र एक असिस्ट गरेका पुलिसिक प्लेअर अफ दि म्याच घोषित भए ।

अमेरिकाले अब दोस्रो खेलमा पानामासँग खेल्नेछ भने बोलिभियाले उरुग्वेको सामना गर्नेछ ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय