+

दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न वेष्टइण्डिजले दियो १३६ रनको लक्ष्य

२०८१ असार  १० गते ७:५७ २०८१ असार १० गते ७:५७
दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न वेष्टइण्डिजले दियो १३६ रनको लक्ष्य

९ असार, अमेरिका – घरेलु टोली वेष्टइण्डिजले आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा १३६ रनको लक्ष्य दिएको छ ।
सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाउन सक्यो ।

वेष्टइण्डिजका रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे । चेशको मार्को यानसनले तेस्रो ओभरको पाँचौं बलमा मिडअफमा एनरिच नोर्कियाले ११ रनमा क्याच छाड्न पुगेका थिए ।

सेमिफाइनलमा पुग्न निर्णायक खेलमा वेष्टइण्डिजले खराब सुरुवात गर्दै ओपनर साई होप शून्य र निकोलस पुरन १ रनमा गुमाउदा वेष्टइण्डिज ५-२ को अवस्थामा थियो ।

तेस्रो विकेटलाई काइल मेयर्स र रोश्टन चेशले ६५ बलमा ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । मेयर्स ३४ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए ।
उनी क्याच आउट हुँदा वेष्टइण्डिज १२ ओभरमा ८६–३ को अवस्थामा थियो । त्यसपछि रोभम्यान पावेल १ र शेर्फान रदरफोर्ड शून्यमा क्याच आउट भएका थिए । आन्द्रे रसेल ९ बलमा २ छक्कासहित १५ र अल्जारी जोशेफले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका तबरेज शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । केशव महाराजले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । एडेन माक्ररमले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । मार्को यानसनले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

ग्रुप-२ बाट इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगी सकेको छ । यस खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । ग्रुप विजेता र उपविजेता पनि यसै खेलको नतिजाले निर्धारण गर्नेछ ।

 

आईसीसी टी२० विश्वकप २०२४ दक्षिण अफ्रिका वेष्टइण्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय