+
+

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते ९:४६

१० असार, धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भ‌एको छ ।

धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

बोहोराकाअनुसार धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका-२ को रिङरोड र टीकापुर नगरपालिका-९ बालुटारबाट भन्सार छली गरेको पाँच लाख ५० हजार बराबरको अवैध सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामानमा कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किरानापसल समानहरु रहेको डीएसपी बोहोराले बताए ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?