+
+

आज यी ठाउँमा भारी वर्षा हुने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते ८:४१

१० असार, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै राति देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति पनि साथै कोशी, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?