
१० असार, काठमाडौं । नागरिक लगानी कोषको वार्षिक साधारणसभा असार ३१ गते बस्ने भएको छ । कम्पनीले यसअघि सेयरधनीलाई घोषणा गरेको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ ।
सभाबाट लाभांश पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २० गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।
असार १९ गतेसम्म कायम सेयरधनी साधारणरसभामा भाग लिन र लाभांश लिनका लागि योग्य हुनेछन् । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4