+
+

हिमालयन रिको १५ लाख कित्ता सेयरमा लकइन अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते ८:५२

१० असार, काठमाडौं । आज सोमबारदेखि हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । सामूहिक लगानी कोषका लागि वितरण भएको सो संख्याको सेयरमा सोमबारदेखि लकइन सकिने कम्पनीले जनाएको छ ।

लकइन अवधि सकिएपछि सो सेयर बिक्रीका लागि सामूहिक लगानी कोषलाई बाटो खुल्छ । यस कम्पनीको कुल १० करोड ४ लाख कित्ता सेयर बजारमा सूचीकृत छ ।

जसमध्ये ७० प्रतिशत अर्थात् ७ करोड २८ लाख कित्ता संस्थापक समूहको छ भने बाँकी ३ करोठ १२ लाख कित्ता सेयर सर्वसाधारण समूहको छ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?