+
+

धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १०:०५

१० असार, काठमाडौं । चलचित्र विकास बोर्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव आयोजना गरेको छ । शुक्रबारदेखि भएको महोत्सव आइतबार सकिएको थियो ।

महोत्सवको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुति राखिएको थियो भने विभूता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन गरिएको थियो ।

३ दिनसम्म चलेको महोत्सवमा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।

महोत्सवमा बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासँग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका थिए । बालबालिका, चलचित्रकर्मी, शिक्षक तथा अभिभावकसँग चलचित्रमा बालबालिकाका कुरा विषयक अन्तरक्रिया गरिएको थियो ।

महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार महोत्सवमा चलचित्र निर्माण कार्यशाला मेरो कथा मेरो चलचित्र पनि गरिएको थियो । जसमा २१ जना बालबालिकाले प्रशिक्षण लिएका थिए ।

चलचित्र सम्बन्धी फोटो प्रदर्शनी महोत्सव पनि गरिएको उनले जानकारी दिए । बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?