+

कोपा अमेरिकामा उरुग्वेको विजयी सुरुआत

२०८१ असार  १० गते १०:४९ २०८१ असार १० गते १०:४९
कोपा अमेरिकामा उरुग्वेको विजयी सुरुआत

१० असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा उरुग्वेले विजयी सुरुआत गरेको छ ।

समूह सी अन्तर्गत मायामीस्थित हार्क रक स्टेडियममा भएको खेलमा उरुग्वेले पानामालाई ३-१ ले पराजित गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलयानो अराउजोले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डार्विन नुनेजले ८५औं मिनेटमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।

इन्जुरी टाइमको पहिलो मिनेटमा मातिएस भिनाले गोल गरेपछि उरुग्वेले ३-० को अग्रता बनाएको थियो ।

पानामाका लागि माइकल मुरिल्लोले इन्जुरी टाइमको पाँचौ मिनेटमा सान्त्वना गोल फर्काए । उरुग्वेले अब बोलिभियासँग खेल्नेछ भने पानामाले अमेरिकासँग खेल्नेछ ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय