+
+

हतियार सहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते ११:०३

१० असार, रौतहट । रौतहटको गौरबाट सशस्त्र प्रहरी बलले हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–२, महादेवपट्टिबाट भारतको जिल्ला सितामढी बैरगनिया ३ असोगी निवासी २१ वर्षीय राहुल रामलाई सशस्त्र प्रहरीबलले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा सो हतियार फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ गरेका रामलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?