+
+

पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते ११:४५

१० असार, काठमाडौं । पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-५ का ३० वर्षीय किपेश महर्जन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बेटिङ वेभसाइडका एप्लिकेशनहरुमा डिभाइस इन्सटल गरी उनले अनलाइन जुवा खेलाउँदै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

अनलाइन जुवा खेलाउन प्रयोग भएका ४ थान मोबाइलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले २ करोड ७२ लाख ९० हजार २५० रुपैयाँ बराबरको जुवा लेखाइसकेको प्रहरीको दाबी छ ।

पक्राउ परेका महर्जनलाईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?