+
+

सोनाक्षी सिन्हाले गरिन् प्रेमी जहीर इकबालसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १२:०९

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन् । उनले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन् । उनीहरुले हिन्दू र मुस्लिम दुवै परम्पराअनुसार नगरी विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरे । उनीहरु सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

विवाह दर्तापछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै सोनाक्षी र जहीरले लेखेका छन्, ‘आजभन्दा सात वर्ष पहिले हामीले एकअर्काको आँखामा देखेका थियौं । प्रेम एक सुन्दर चीज हो । हामी दुईले त्यही दिन तय गरिसकेका थियौं कि हामी साथसाथ रहनेछौं । हाम्रो प्रेमले धेरै अप्ठ्याराहरु पार गरेको छ । हाम्रो दुवै परिवार र भगवानको आशीर्वादले हामी यहाँसम्म आइपुग्यौं । हामी श्रीमान्-श्रीमती बन्यौं, सोनाक्षी र जहीर-२३.०६.२०२४ ।’

विवाहपछि आइतबार राति सोनाक्षी र इकबालले रिसेप्सन पार्टी आयोजना गरे । मुम्बईस्थित शिल्पा शेट्टीको रेस्टुरेन्टमा आयोजित रिसेप्सनमा सलमान खान, रेखा, अदिती राव हैदरी, काजोल, विद्या बालन, यो यो हनी सिंह लगायत थुप्रै बलिउड सेलिब्रेटी उपस्थित थिए ।

सोनाक्षीका श्रीमान जहीर इकबाल व्यवसायी तथा अभिनेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?