+
+

दक्षिण अफ्रिका टी-२० विश्वकपमा ७ खेल जित्ने पहिलो देश

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १२:१७

९ असार, काठमाडौं – दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा एकै संस्करणमा ७ खेल जित्ने पहिलो देश बनेको छ । आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ मा सोमबार वेष्टइण्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै उक्त कीर्तिमान बनाएको हो ।

यसअघि टी२० विश्वकपमा सन् २००९ मा श्रीलंका तथा अष्ट्रेलियाले २०१० र २०२१ मा एकै संस्करणमा ६-६ खेल जितेका थिए । समूह डी को दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, बंगलादेशलाई ४ रन र नेपाललाई १ रनले हराएको थियो ।

त्यस्तै सुपर-८ मा ग्रुप-२ बाट दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रन, इंग्ल्यान्डलाई ७ रन र वेष्टइन्डिजलाई ३ विकेटले हराउँदै लगातार ७ जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिका ग्रुप–२ बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।

ग्रुप-१ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लाग्न बाँकी छ । दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तान वा अष्ट्रेलिया मध्य एकसँग खेल्ने उच्च सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?