+
+

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १२:५३
तिलगंगा आँखा अस्पताल ।

१० असार, काठमाडौं । तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन् ।

नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ ।

आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य छ ।

काठमाडौंको तिलगंगामा रहेको तिलगंगा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ । जुन लेन्स विश्वभर नै बिक्री हुँदै आएको छ । डा. सन्दुक रुइतसहितको अगुवाइमा खुलेको उक्त आँखा अस्पतालले विश्वविद्यालय सञ्चालनको माग राख्दै आएको थियो ।

३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?