+
+

कानुन मन्त्री र संसदका कर्मचारीबीच वार्ता जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १२:४९

१० असार, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ ।

संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा छन् ।

उनीहरुको समस्या समाधानका लागि सरकारले यही असार ९ गते कानुनमन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।

समिति र कर्मचारी प्रतिनिधिबीचको वार्ताका कारण आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक झण्डै एक घण्टा ढिला सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?