+
+

नेपालमा बनेको हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १२:५९

काठमाडौं । नेपालमा बनेको हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने भएको छ ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले एसेम्बल गरेको भेन्यू सो ब्यादरमा खरिद गर्न सकिने जानकारी कम्पनीले गराएको हो ।

हुन्डाई नेपाल : मेड फर योर जर्नी ग्राहकमुखी योजना अनुसार हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको बनोट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडी सरहकै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ (एसएक्स) को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?