
१० असार, काठमाडौं । सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् ।
उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।
पीडितहरुको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन पनि गरेका थिए ।
हेर्नुहोस् थप तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4