+
+

काठमाडौं महानगरको नीति तथा कार्यक्रममाथि छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १३:४७

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

२ असारमा हुने भनिएको छलफलमा प्रमुख तीन राजनीतिक दलबाट निर्वाचित वडाध्यक्षहरूले नगरसभा बहिष्कार गरेपछि मेयर बालेन साहले बैठक स्थगित गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय दिएका थिए ।

नगर सभामा दलका तर्फबाट संशोधन प्रस्तावहरू संयोजन गर्न जिम्मा पाएका कांग्रेस, एमाले र एकीकृत समाजवादीका तीनै जना वडाध्यक्षहरू हलभित्र नदेखिएपछि नगर सभा सदस्यहरू धमाधम उठेर हिँडेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आव २०८१/८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

विनियोजन विधेयक २०८१ पनि आजै आउने छ भने मेयर साहले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?