+
+

रजनीकान्त र सलमान खानलाई सँगै पर्दामा ल्याउने तयारी गर्दै एट्ली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १३:५१

काठमाडौं । दक्षिण भारतीय निर्देशक एट्लीले बलिउड बादशाह शाहरुख खानलाई लिएर फिल्म ‘जवान’बाट बलिउडमा डेब्यु गरे । उनी निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्‍यो । फिल्मले उठाएका मुद्दालाई लिएर पनि समीक्षक र दर्शकले प्रशंसा गरे ।

एट्ली अब इतिहासमै पहिलोपटक दुई सुपरस्टार जोडीलाई एकसाथ काम गराउने तयारीमा छन् । स्रोतलाई उद्धृत गर्दै भारतीय मिडिया बलिउड हंगामाले दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड सुपरस्टार सलमान खानले एट्लीको फिल्ममा काम गर्ने योजना बनिरहेको जनाएको छ ।

‘सबैकुरा ठीक भए भारतीय सिनेमा सबैभन्दा ठूलो फिल्म हुनेछ, जसले सलमान खान र रजनीकान्तलाई एकसाथ ल्याउनेछ,’ बलिउड हंगामाले उल्लेख गरेको छ ।

रजनीकान्त, सलमान खान र एट्लीबीच अर्को महिना मिटिङ हुने जनाइएको छ । नाम तय भइनसकेको यो फिल्मलाई सन पिक्चर्सले निर्माण गर्नेछ । फिल्म सन् २०२४ को अन्त्यसम्ममा छायांकनमा लैजाने एट्लीको तयारी छ ।

सलमान हाल ‘सिकन्दर’को छायांकनमा व्यस्त छन् भने रजनीकान्त ‘कुली’मा काम गर्दैछन् । यी दुवै फिल्मको काम सकिएपछि एट्लीले आफ्नो फिल्म सुरु गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?