+

सहाना प्रधान यु-१९ भलिबल : बागमतीको गण्डकीमाथि सहज जित

२०८१ असार  १० गते १४:३० २०८१ असार १० गते १४:३०
सहाना प्रधान यु-१९ भलिबल : बागमतीको गण्डकीमाथि सहज जित

१० असार, काठमाडौं । पहिलो सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फको खेलमा गण्डकी प्रदेशलाई ३–० ले हराउँदै बागमतीले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वस्थित कर्भड हलमा बागमतीले गण्डकीलाई २५–१२, २५–९ र २५–१६ को सेटले पराजित गरेको हो । बागमती टिममा न्यूडाइमण्डका अनुभवी खेलाडी हुँदा गण्डकीका खेलाडीमाथि हाबी बनेको हो ।

यसअघि कर्णाली प्रदेशविरुद्ध कोशी प्रदेशले ३–० को जित हात पारेको थियो ।

सोमबार दिउँसो ३ बजे पुरुष तर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।

सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ । महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।

असार १५ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

खेलकुद भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय