+
+

बढेको सेयर बजारमा ५ अर्ब नाघ्यो कारोबार

फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूह १ प्रतिशतभन्दा धेरै बढे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १५:१३

१० असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६६ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७ करोडको कारोबार भयो ।

१४२ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स सूचक सबैभन्दा धेरै २.११ प्रतिशत (५२ अंक) बढेको छ । त्यस्तै विकास बैंक १.५६ प्रतिशत (६३ अंक) तथा माइक्रोफाइनानस समूह १.२६ प्रतिशत (६१ अंक) बढे । हाइड्रोपावर समूह जम्मा ४.९ अंक बढ्यो ।

बैंकिङ ३, होटल तथा पर्यटन ११, जीवन बीमा १८, उत्पादन १४, निर्जीवन बीमा ९ र व्यापार समूह १२ अंक घटे । नेपाल फाइनानस र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमायाको ७.२, शिवश्री हाइड्रोपावरको ६.९, आरम्भ चौतारी लघुवित्तको ६.३ तथा सिन्धु विकास बैंकको मूल्य ६.१ प्रतिशत बढ्यो ।

बुद्धभूमि हाइड्रोको मूल्य ७, समाज लघुवित्तको ३.७, अपरहेवाखोलाको २.८, पाँचथर पावरको मूल्य २.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा मेरो माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पोखरा फाइनान्स, माउन्टेन इनर्जी र मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?