+

पाचन प्रणालीबारे १६ रोचक जानकारी

२०८१ असार  १० गते १५:५२ २०८१ असार १० गते १५:५२
पाचन प्रणालीबारे १६ रोचक जानकारी

पेट वा पाचन प्रणालीसम्बन्धी समस्या धेरै भोग्ने समस्या हो । खानपान नमिलेर वा अन्य कारणले पेटमा समस्या निम्तिन सक्छ ।  जब पाचनतन्त्र खराब हुन्छ, समग्र शरीरमै त्यसको असर पर्छ ।

पाचन प्रणालीले खानाबाट शरीरलाई आवश्यक पर्ने पोषण तत्त्वलाई छुटाउँछ । पाचन स्वास्थ्यलाई बेवास्ता गरियो भने शरीरले उचित पोषण प्राप्त नगर्न सक्छ । त्यसैले स्वस्थ हुनका लागि पेट सफा हुनुपर्छ र  पाचन क्षमता बलियो हुनुपर्छ ।

पाचन प्रणालीबारे जानकारी

– एक स्वस्थ व्यक्तिले प्रतिदिन ७२० मिलिलिटर बराबरको र्‍याल उत्पादन गर्छ ।

– अन्ननलीमा रहेको मांसपेशीहरूले तरंगको रूपमा काम गर्छन्, जसले खानालाई पेटमा तल लैजान मद्दत गर्छ । यो प्रक्रिया ‘पेरिस्टैल्सिस’ भनिन्छ ।

– सानो आन्द्राको दोस्रो भागलाई जेजुनम भनिन्छ ।

– पाचन प्रणालीमा पाइने इन्जाइमहरूले हामीले उपभोग गर्ने खानेकुरालाई तोडेर शरीरलाई पोषण प्रदान गर्छ ।

– पाचन प्रणाली र मस्तिष्कबीच धेरै नजिकको सम्बन्ध हुन्छ । तसर्थ, कहिलेकाहीं तनाव वा चिन्ताले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ ।

– सानो आन्द्राको लम्बाइ २२ देखि २३ फिट हुन्छ तर ठूलो आन्द्राको लम्बाइ पाँच फिट मात्रै हुन्छ ।

– ग्यास पास गर्दा किन दुर्गन्ध आउँछ ? यो पाचन प्रणालीको तथ्यमा समावेश हुन्छ । यसलाई सरल शब्दमा बुझ्ने हो भने जब ग्यास पास हुन्छ तब फर्मेन्टेड ब्याक्टेरिया (फर्मेन्टेड ब्याक्टेरिया) निस्कन्छ । यो फर्मेन्ट ब्याक्टेरिया हावामा मिसिएपछि दुर्गन्धित हुन्छ ।

– प्लेटिपस एउटा यस्तो जनावर हो जसको पेट हुँदैन ।

– पेट फुल्ने कार्यलाई बोर्बोरिग्मिक भनिन्छ र सधैं हुन्छ, तर पेट खाली हुँदा यो ठूलो हुन्छ । पेटमा खाना नपुग्दा आफ्नो काम गर्न नसक्दा यस्तो हुन्छ ।

– पेटमा एकै पटक करिब २ किलो खाना सोस्ने क्षमता हुन्छ ।

– पाचन प्रणालीलाई स्वस्थ राख्न एरोबिक एक्सरसाइज सबैभन्दा राम्रो मानिन्छ ।

– धेरै कम व्यक्तिलाई थाहा छ कि एक कप वा बढी कार्बोनेटेड पेयपदार्थ सेवन गर्दा ग्यास्ट्रो मेकानिकल समस्याका लक्षण महसुस गर्न सकिन्छ ।

– डकार आउनुको अर्थ हावा बाहिर निस्कनु हो । यो धेरै छिटो खाँदा, कार्बोनेटेड पेयपदार्थको सेवन गर्दा र धुम्रपानको कारण बढी हुन्छ ।

– तापमानमा अचानक परिवर्तन भयो भने हिक्क आउन सक्छ । पाचन प्रणाली तथ्यअनुसार लगातार हिक्कको समस्या सबैभन्दा लामो ६८ वर्षसम्म चलेको थियो ।

– खाना पचाउन २४ देखि ७२ घण्टाको समय चाहिन्छ । तर पाचनका लागि लाग्ने समय पनि के खाएको हो भन्ने कुरामा भर पर्छ । साथै कुनै पनि खाना पचाउनु पनि व्यक्तिको मेटाबोलिज्म र पाचनसम्बन्धी स्वास्थ्यमा भर पर्छ । यदि कसैलाई पाचनसम्बन्धी समस्या छ भने खाना पचाउन धेरै समय लाग्न सक्छ ।

एजेन्सीको सहयोगमा

पाचन प्रणाली स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय