+
+

छाउपडीलगायत कुप्रथा अन्त्यका लागि समिति बनाएर काम गर्छौं : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १६:०२

१० असार, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताएका छन् ।

सोमबार महिला जनप्रतिनिधि र अभियन्ताहरूले गृहमन्त्री लामिछानेलाई भेटेर छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाबारे ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले छाउपडी उन्मुलनका लागि कडा कानुन बनाउन माग गरेपछि गृहमन्त्री लामिछानेले एउटा घटनामा केन्द्रित भएरभन्दा पनि यस्ता खाले घटनाहरू हुन नदिनका लागि काम गरिने बताए ।

त्यसका लागि समिति बनाएर सोही समितिको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक कानुन बनाउने लामिछानेले बताए । लामिछानेले भने, ‘अछाममा जुन घटना भयो, त्यो दःखद् हो । गृह प्रशासनले त्यसका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइराखेको छ । तर विषय यो मात्र होइन । आगामी दिनमा त्यसता घटना हुन कसरी नदिने ? हाम्रो ध्यान त्यसतर्फ छ । यसका लागि समिति बनाएर काम गर्नेछौं ।’

समितिले यस्ता कुप्रथा अन्त्यका लागि यसअघि भएको अध्ययन, बनेका कानुन र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव गृह मन्त्रालयलाई दिने लामिछानेले बताए ।

छलफलमा सहभागी जनप्रतिनिधि तथा अभियन्ताहरूले छाउगोठ भत्काएर मात्रै कुप्रथा अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए ।

त्यस्तै छाउगोठ बनाउनु कानुनी रुपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?