+
+

सांसदहरूको अभिव्यक्तिमा महिलामन्त्रीको आपत्ति, आत्मालोचना गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १६:१४

१० असार, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले महिला लक्षित अभिव्यक्तिमा आपत्ति जनाउँदै आत्मालोचना गर्न आग्रह गरिन् ।

‘गत जेठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीयज्यूहरूले महिलाहरू असक्षम र संकीर्ण सोच भएका हुन्छन् । सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था हुँदैन्थ्यो भन्ने गरी दिएको अभिव्यक्ति तथा वैवाहिक बलात्कारजस्तो जघन्य अपराधका बारेमा बोल्दै गर्दा महिलाहरूलाई गलत रूपमा चित्रण गरिने गरी दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाको आत्मसम्मान र मर्यादालाई अवमूल्यन गरेको छ,’ मन्त्री चौधरीले भनिन् ।

मन्त्री चौधरीले संसद्‌बाटै यस्तो खाले अभिव्यक्तिप्रति आत्माआलोचना गर्न सम्बन्धित सांसदलाई आग्रह गरिन् । उनले भनिन्, ‘महिलालाई हेर्ने यस प्रकारको विभेदकारी तथा संकीर्ण सोच हाम्रो साझा शत्रु हो । यसलाई परास्त गर्नु हाम्रो साझा कर्तव्य हो । यसले हामीले सुधार गर्नुपर्ने भनी प्राथमिकतामा राखेका हानिकारक अभ्यासहरूलाई नै मलजल गर्ने कार्य गरेको महसुस भएको छ,’ उनले भनिन्, ‘यस प्रकारका अभिव्यक्तिबाट आम महिलाको आत्मसम्मानमा पुगेको चोटप्रति सम्बन्धित माननीयज्यूहरूले आत्माआलोचना गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?