+
+

उमंग क्रिएसनले ‘मिस ग्रान्ड नेपाल’ गर्ने, भदौ ११ मा ग्रान्ड फिनाले

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १६:१९

काठमाडौं । उमंग क्रिएसनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल-२०२४’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

प्रतियोगिताको विजेतालाई ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने उमंग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए ।

मिस ग्राण्ड नेपालमा सहभागी हुन १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीले आवेदन दिनसक्नेछन् । उमंग क्रिएसनले मिस ग्रान्ड इन्टरनेसनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि सोमबारदेखि नै फारम खुला गरिएको हो । त्यसका लागि उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने आयोजकले जनाएको छ । मिस ग्रान्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रुपमा प्रशान्त ताम्राकार छन् ।

पत्रकार सम्मेलनमा ताम्राकारले प्रतिभावान् तथा क्षमतावान् युवतीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्लाटफर्म प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

मिस ग्राण्ड नेपालको ग्रान्ड फिनाले आगामी आगामी भदौ ११ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?