+
+

देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १६:२२

१० असार, बुटवल । देवदह नगरपालिकाले डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्ब ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् ।

देवदहले आर्थिक वर्ष ०८१÷८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व बांडफांड मार्फत आम्दानी हुने अनुमान गरिएको छ ।

बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।

गतवर्ष करिव १ अर्ब ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ । झण्डै १८ करोड रूपैयाँ वृद्धि गरिएपनि आन्तरिक आयमा भने सोही अनुसार वृद्धि भएको देखिदैन ।

गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरले असारको पहिलो हप्तासम्म १० करोड २० लाखको हाराहारीमा राजस्व संकलन गरेको छ । आगामी आवको लागि प्रस्तावित बजेटमा भने अहिले संकलित राजश्वको दोब्बरभन्दा बढी संकलन गर्ने महत्वाकांक्षी योजना नगरले अघि सारेको छ ।

बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा छुट्याइएको छ । जसमा १० हजारदेखि बजेट विनियोजन गर्न सुरु गरेको नगरपालिकाले मन्दिर र संघसंस्थाका भवन निर्माण र सामग्री खरिद जस्ता अनुत्पादक क्षेत्रमा रकम विनियोजन गरेको छ ।

नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकासतर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार छुट्याइएको छ ।

विगतमा जस्तै यो वर्ष पनि नगर प्रमुख र उपप्रमुख सम्बोधित कार्यक्रमलाई एक–एक करोड विनियोजन गरिएको छ । जसमा नगर प्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ५० लाख राखिएको छ भने सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ५० लाख छुट्याइएको छ ।

त्यसैगरी उपप्रमुख सम्बोधित कार्यक्रम शीर्षकमा ३० लाख र सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७० लाख रुपैया विनियोजन गरिएको छ ।

साथै नगर प्रमुख उद्यमी कार्यक्रम शीर्षकमा ५० लाख र नगर उपप्रमुखसंग महिला कार्यक्रमा शिर्षकमा २५ लाख छुट्याइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सजग गराइएको भएपनि नगरपालिकाले त्यसलाई वेवास्ता गरेको छ । नगरस्तरीय २५४ योजनामध्ये १० हजारदेखि एक लाखसम्मका योजना ६५ वटा रहेका छन् । कुल योजनाको २५ प्रतिशतभन्दा बढी नगरपालिकाका नगरस्तरीय योजना मात्र १ लाखसम्मका छन् ।

त्यसैगरी १२ वटा वडामा वडास्तरीय योजनाको कुल संख्या ४८६ रहेको छ । जसमा १४७ वटा योजना मात्र १ लाखसम्मका छन् । जुन कुल योजना संख्याको ३० प्रतिशत भन्दा बढी हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?