+
+

बालेनलाई कार्यपालिका सदस्यको प्रश्न : सिंहदरबार जलाउँछु भनिरहँदा महानगर जलाए के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १६:५२

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न गरेकी छिन् ।

‘तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ ?’ ढोलीले मेयर साहलाई प्रश्न गरिन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले महानगरको दरबारमा रजगज गर्दै गर्दा महानगरवासीले तिरेको राजस्वबाट बनेको दरबार भएको बताइन् ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको खण्डन गर्दै उनले कार्यपालिकामा छलफल नै नगरी नीति तथा कार्यक्रम प्रस्तुत हुनुले अरूको अधिकार हनन भएको बताइन् ।

कार्यपालिकामा पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा उनले सहमति जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?