+
+

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १७:२५

१० असार, काठमाडौं । मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ४२ वर्षीय मनोज महर्जन छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारी भनेर दुबई लगेर बेचेको भन्दै उद्दार भएर फर्केपछि एक महिलाले १९ चैतमा ब्यूरोमा जाहेरी दिएकी थिइन् । उनकै जाहेरीको आधारमा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी गौतम मिश्रले जानकारी दिए ।

महर्जन यसअघि पनि वैदेशिक रोजगारीको कसुरमा ७ वर्ष कैद बसी २०७९ चैतमा छुटेको खुलेको छ ।

उनले दुबईमा टिस्यु पेपर प्याक गर्ने काममा मासिक १८ सय दिराम हुन्छ भन्दै २लाख ९० हजार रुपैयाँ समेत लिएको खुलेको छ ।

त्यसपछि भिजिट भिसामा पीडित महिलालाई दुबईमा पुर्‍याएर मानव बेचबिखन गरिएको आरोप लागेको छ । पक्राउ परेका महर्जनविरुद्ध ५ दिनको म्याद लिएर मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?