+
+

काेशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १७:५८

१० असार, विराटनगर । काेशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेकाे रिटलाई सर्वोच्च अदालतकाे पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेकाे छ ।

३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेर आइतबारबाट सुनुवाइ सुरु गरेकाे थियाे । साेमबार पनि बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखेकाे हाे ।

साेमबार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, माधव बस्नेत, डा. भीमार्जुन आचार्य, रमेश बडाल, प्रकाश केसी र डा. राजेन्द्र घिमिरेले बहस गरेका थिए ।

भोलि प्रदेशसभाले पारित गरेकाे संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारीले बहस गरेपछि निवेदक केदार कार्कीकाे तर्फबाट जवाफ दिनेछन् ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई २६ वैशाखमा पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेशसभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?