+
+

रौतहटमा बहिनीको हत्या आरोपमा दाजु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १८:१३

१० असार, रौतहट । रौतहटमा एक महिलाको हत्या आरोपमा उनकै दाजु पक्राउ परेका छन् । परोहा नगरपालिका-८ नरकटिया टोलमा २० वर्षीया तेतरीकुमारी रामको हत्या आरोपमा उनकै दाजु २२ वर्षीय दीपेन्द्र कुमार रामलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दीपेन्द्रले बहिनी तेतरी रामलाई बासको मुङग्रोले टाउकोमा प्रहार गरेका थिए । गम्भीर घाइते रहेकी तेतरीको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए ।

पक्राउ परेका रामलाई ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?