+
+

शार्कको आक्रमणमा परी ‘पाइरेट्स अफ द क्यारेबियन’ अभिनेता पेरीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १८:२१

काठमाडौं । हलिउड फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’का अभिनेता टामायो पेरीको शार्कको आक्रमणमा परी निधन भएकव छ । हवाईमा सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणमा परी ४९ वर्षीय पेरीको आइतबार दिउँसो निधन भएको हो ।

होनोलुलुको आपतकालीन सेवाले पत्रकार सम्मेलन गरी उनको निधनको खबर पुष्टि गरेको छ । मलेइकहाना बिचमा उनलाई शार्कले आक्रमण गरेको थियो । लाइफगार्ड समेत रहेका उनलाई जेट स्कीद्वारा किनारमा ल्याएपछि प्यारामेडिकहरूले मृत घोषित गरेका थिए ।

पेरीले ‘पाइरेट्स अफ द क्यारिबियन : अन स्ट्रेंजर टाइड्स फ्रेन्चाइजीको चौथो शृंखलामा बुकेनियरमध्ये एक पात्रको भूमिका निर्वाह गरेका थिए । सन् २०११ मा रिलिज भएको यो फिल्ममा जोनी डेप शीर्ष भूमिकामा छन् ।

पेरीले लस्ट, हवाई फाइभ-०, ब्लू क्रस र चार्लीज एन्जलसको सिक्वेल फुल थ्रोटलमा पनि अभिनय गरेका छन् ।

अमेरिकाको ओहायोमा जन्मेका पेरी एक दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा सर्फिङ गर्दै आएका थिए । उनी सर्फिङ प्रशिक्षक थिए । उनको निधनको खबर आएसँगै शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?