+
+

अयोध्यामा दिएको शालिग्राम फिर्ता ल्याउनुपर्छ : बामदेव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १८:२३

१० असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा गौतमले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले फिर्ता हुनुपर्ने बताएका हुन् ।

सित्तै देशको सम्पत्ति अरूलाई दिन नहुने भन्दै उनले भने, ‘मैले शालिग्रामबाट हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ ।’

भारतको अयोध्यामा रामको मन्दिर निर्माणका क्रममा कालीगण्डकी नदीको शिला लगिएको थियो । मन्त्रिपरिषद्ले १८ र १६ मेट्रिक टन तौल भएको शिला पठाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?